देश

क्लब डेजाभुका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ

काठमाडौं, साउन १४-काठमाडौं दरबारमार्गस्थित क्लब डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

बैंकिङ कसुर मुद्दामा फरार रहेका श्रेष्ठविरुद्ध महानगरीय प्रहरी कार्यालय काठमाडौंको अनुरोधमा प्रहरीले माघ १५ गते डिफ्युजन नोटिस जारी गरेको थियो।

काठमाडौं दरबारमार्गस्थित क्लब डेजाभु मर्मत गर्न भनी विश्वराम श्रेष्ठबाट २ करोड रुपैयाँ लिएका थिएका थिए। रकम फिर्ता गर्न दिइएको चेक  खातामा रकम नभएपछि विश्वराम श्रेष्ठले महानगरीय प्रहरी परिसर काठमाडौंमा गत पुस १३ गते बैंकिङ कसुर अपराधमा जाहेरी दर्ता गरेका थिए।

श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ।