देश मनोरंजन

मिसेज नेपाल ग्रान्ड २०१९ को उपाधि सृजना श्रेष्ठलाई

काठमाडौं, साउन १३-दोश्रो संस्करणको मिसेज नेपाल ग्रान्ड २०१९ को उपाधि सृजना श्रेष्ठले जितेकी छिन्।

काठमाडौंको जमल स्थित नाचघरमा भएको फाईनल प्रतियोगितामा सृजनाले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि हात पारेकी हुन्। उनले मोस्ट ट्यालेन्ट, बेस्ट क्याटवाक र मस्ट फोटोफोजेनिकको उपाधि पनि जितिन्।

सो प्रतियोगितामा मिसेज नेपाल ग्रान्ड फस्ट रनर अपको उपाधि अञ्जली केसी शाहले प्राप्त गरिन्। अञ्जलीले मोस्ट पपुलर र सोसियल वेलफेयरको उपाधि पनि हाँसिल गरिन्।

यस्तै सेकेन्ड रनर अपको उपाधि सृजना थापा श्रेष्ठले र म्यानेजमेन्ट च्वाईस सहित थर्ड रनरअपको उपाधि एलिना घिसिङले पाए।

यल मिडियाद्वारा आयोजित यो प्रतियोगितामा अभिनेत्री सञ्चिता लुईटेल, सञ्चारकर्मी सरोज प्याकुरेल, सूर्य चन्द सहित एलिजा महर्जन, चन्दा थापा गिरी उपस्थित थिए।

गृहणीहरुको व्यक्तित्व विकासको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले बताइन्। प्रतियोगिताको संयोजन दीपा सेढाईंले गरेकी हुन्।