थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्ण जित्न सफल भएका छन्।
पदक जित्नेमा विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले रहेको बब्लु सिवाकोटीले जनाएका छन्। सुप्रिया बजगाईं र पूजा कुँवर फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पदक पक्का गरेका छन्। अरुण टमाटाले भने कांस्यमा चित्त बुझाएका छन्।
मलेसियामा जुलाई २१ तारिखमा भएको सरावक चिफ मिनिस्टर तेक्वान्दोमा सहभागी खेलाडीहरुले हिरोज च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको प्रशिक्षक विकेश विडारीले जनाएका छन्। च्याम्पियनसिपमा नेपालबाट १० खेलाडीको सहभागिता रहेको छ।
प्रतिक्रिया दिनुहोस