मनोरंजन विदेश

वरूणले मलाई कसैसँग डेट गर्न दिदैंनन्-कृति सेनन

मुम्बई, एजेन्सी, साउन १२-कृति सेनन बलिउड फिल्मकी एक प्रतिभाशाली तथा चल्तीका नायिका हुन्। अभिनेत्री कृति सेननद्वारा अभिनित पछिल्लो फिल्म ‘अर्जुन पटियाला’ शुक्रबारबाट प्रदर्शनमा आएको छ।

उक्त सिनेमाबाट उनले राम्रो प्रशंसा हासिल गरेकी छन् भने वक्सअफिसमा पनि राम्रो सुरूवात गरिरहेको छ। सिनेमाका बारेमा सुखद् समाचार सुनिरहेकी कृतिले डेटिङ जान नपाएको गुनासो गरेकी छन्।

उनले आफूलाई इच्छा भए पनि अभिनेता वरूण शर्माका कारण कोहिसँग डेटिङ जान नपाएको खुलासा गरेकी हुन्। उनले शर्मा आफूलाई लिएर एकदमै रक्षात्मक रहेकाले डेटिङ जान नपाएको बताउँछिन्।

‘वरूण मलाई लिएर एकदमै रक्षात्मक छन् र उनले मलाई कहिले कसैलाई डेट गर्न दिने छैनन्’, कृतिले गुनासो गर्दै भनिन्।

यसैगरी उनले भोलिका दिनमा कसैलाई डेट गरेपनि त्यसलाई सार्वजनिक नगर्ने पक्षमा आफू रहेको बताइन्। उनका अनुसार यसको जानकारी केबल उनका नजिकका व्यक्तिहरूलाई हुनेछ किनकी उनी आफ्नो प्रेमका बारेमा कोही अन्जान व्यक्तिबाट धारणा चाहनन्।

‘अर्जुन पटियाला’ पछि कृति अक्षयकुमारको ‘हाउसफुल ४’मा देखिनेछिन्।

Featured