टोकियो, एजेन्सी, साउन १२-जापानको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको होन्सु टापुमा ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ।
स्थानीय समयअनुसार आइतबार सबेरै भूकम्प गएको अमेरिकी जियोलोजिल सर्भेले जनाएको छ।
भूकम्पको केन्द्रविन्दु होन्सु टापुभन्दा दक्षिणतर्फ ३७५.८ मिटरको गहिराइमा रहेको थियो। भूकम्पपछि सुनामी चेतवनी भने जारी गरिएको छैन।
‘रिङ्ग अफ फायर’मा रहेको जापान धेरै भूकम्प जाने क्षेत्रमा पर्दछ।
प्रतिक्रिया दिनुहोस