देश राजनीति

कार्यकाल लम्ब्याउने खेल

काठमाडौं, साउन १२-उनउशेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष हुँदैछ।

विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने फागुनभित्र कांग्रेसको १४ औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ। तर बाँकी आठ महिनामा महाधिवेशन सम्भव नभएपछि पार्टीका शीर्ष नेताहरु एक वर्ष कार्यकाल बढाउन तयार भएका छन्।

सभापति देउवासहित संस्थापन मात्र होइन, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितको असन्तुष्ट पक्ष पनि विधानअनुसार महाधिवेशन गर्ने कार्यकाल लम्ब्याउन तयार छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छन्।

Featured