मुम्बई, साउन ११-भारतको मुम्बईमा भारी वर्षा भएपछि त्यहाँको जनजीवन प्रभावित भएको छ।
भारतीय संचार माध्यमका अनुसार भारी वर्षाले निम्ताएको बाढीका कारण त्यहाँ रेलको लिक डुबानमा पर्दा महालक्ष्मी एक्सप्रेसको एक रेल बीचमै फसेको छ।
बदलापुर र वांगणीको बीचको रेल ट्रयाक डुबानमा परेको हो। त्यहाँ उल्हास नदीको बाढी पसेको जनाइएको छ।
सेन्ट्रल रेलवेका प्रमुख जनसम्पर्क अधिकृत सुनील उदासीका अनुसार रेलमा सवार सबै यात्रुको उद्धार गरिएको छ।
उद्धारकार्यमा वायुुसेनाको हेलिकप्टरको पनि मदत गरेको जनाइएको छ। उक्त रेल १२ देखि १३ घन्टासम्म पानीमै रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस