सूचना/ प्रबिधि

हुवावे ५जी स्मार्टफोन अब बजारमा

शेन्जेन, साउन १०, रासस/सिन्ह्वा-चीनको प्रविधि कम्पनी हुवावेले शेन्जेन शहरमा पहिलो पटक फाइब–जी (५जी) स्मार्टफोनको व्यवसायिक प्रयोग शुरु गरेको छ।

हुवावेको प्रधान कार्यालय समेत यही शहरमा रहेको छ ।हुवावेका मोबाइल फोन विभागका प्रमुख हे गाङले हुवावेको मेट २० एक्स (५जी) ले चीनमै ५जी नेटवर्क प्रयोग हुने पहिलो मोबाइल रहेको बताउनुभयो।

बालोङ ५००० युक्त यो स्मार्टफोनमा अति सानो एवं शक्तिशाली किरिन ९८० चिपसेट रहेको छ। हुवावेले नयाँ स्मार्टफोनको माग हुन थालिसकेको जनाएको छ। शेन्जेनमा शुक्रबार अपराह्न यस सेटको मूल्य करिब ८९८ अमेरिकी डलर रहेको छ।

यो सेट अगष्ट १६ देखि बजारमा व्यापक रुपमा उपलब्ध हुँदैछ। शुक्रबार हुवावेले आफ्नै होङमेङ ओएस रहेको स्मार्टस्क्रिन पनि बजारमा ल्याउँदैछ जसले टेलिभिजन व्यवसाय पनि शुरु गर्दैछ। स्मार्टस्क्रिनले एकै पटक धेरैवटा डिभाइसलाई जोड्न सक्छ।

Featured