NRNA खबर देश विदेश

नेपाल भ्रमणवर्षको क्यानाडामा व्यापक प्रचार, टोपी दिवस पनि मनाइयो

काठमाडौं, पुस १८–क्यानडाबासी नेपालीहरुले अंग्रेजी वर्ष २०२० लाई स्वागत गर्दै नेपाली टोपी दिवस मनाएका छन्। टोरोन्टो, ब्राम्पटन तथा मिसिसागामा गैर आवासीय नेपाली संघ क्यानाडा र विभिन्न स्थानिय संघसंस्थाहरुको संयुक्त आयोजनामा नेपाल भ्रमणवर्ष २०२० को पनि व्यापक प्रचारप्रसार गरिएको छ ।

यस्तै क्यानाडाका अन्य सहरहरुमा पनि विभिन्न प्लेकार्ड र व्यानरकासाथमा नेपाल भ्रमणवर्षको प्रचारप्रसारसँगै नेपाली टोपी दिवस मनाइएको छ । टोरोन्टोको अति व्यस्त मानिएको डण्डासक्वायर क्षेत्रमा नेपाली समुदायका प्रतिनिधिहरुले नेपाली झण्डा र व्यानर फहराउदै नेपाल भ्रमणवर्षको प्रचारप्रसार गरेका हुन् ।

कार्यक्रमलाई एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरे, महासचिव पिताम्बर भट्टराई, उपाध्यक्ष हेमन्त थापाउज्वललगायत संघसंस्थाका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए । यसअघि एनआरएनए क्यानडा, नेपाली साहित्य समाज क्यानडा, एनसीसीएसीसी (कम्युनिटीहाउस) र कास्की समाज क्यानडाको संयुक्त आयोजनामा ब्राम्पटन मिसिसागामा पनि सातौं अन्तराष्ट्रिय नेपाली टोपी दिवश मनाइएको थियो ।

कार्यक्रममा नेपाली संस्कृति र परम्परा झल्कने खालका पहिरन र नेपाली टोपीसहित सहभागीहरुले नेपाली टोपीको महिमा र नेपाल भ्रमणवर्ष २०२० को विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि अन्टारियो मिनिष्टर परममित सरकारियार विशेष अतिथि एम.पी.पीदीपक आनन्दले सम्बोेधन गरेका थिए ।

एनआरएनए उपाध्यक्ष विजय पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए आइसीसीका मानार्थ सदस्य रविन्द्र घिमिरे, एनआरएनए क्यानडाका सल्लाहकार ढुण्डिराज खनाल, प्रवासी नेपाली एकता मञ्चका महासचिव अशोक खड्का, एनसीसीएसबाट अध्यक्ष विदुर केसी, जनसम्पर्क समितिबाट अध्यक्ष सुरेन्द्र खड्का, जन सम्पर्क समितिबाट महामन्त्री वसन्त कार्की, नेपाल साहित्य समाजका अध्यक्ष रविन थपलिया, कम्युनिटी हाउसका अध्यक्ष तुलसी सापकोटा, महिला चौतारीबाट गीता दवाडी, जनजाती महासंघबाट उपाध्यक्ष यामगुरुङ, क्रिकेट क्लबबाट किरोज श्रेष्ठ, कम्युनिटी हाउसबाट महासचिव वालचन्द्र श्रेष्ठले टोपी दिवस तथा भिजिट नेपाल २०२० को विविध पक्षमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा पूर्व एनसीएनसीका अध्यक्ष एवम् गायक तथा सर्जक गोविन्द घिमिरेले गीत, हेमराजकाफ्ले, अशोकखड्का, किशोर ढकाललगायतले कविता वाचन गरेका थिए । एनआरएनए क्यानडाका सल्लाहकार मुगा राजभण्डारी, डा.नारायणरेग्मी, प्रवक्ता दिनेश खतिवडा, एनआरएनए क्यानडा सेन्ट्रलरिजनका हेल्प डेस्क कोअर्डिनेटर राम क्षेत्री, नेवा गुठीका सुरेन्द्रलाल श्रेष्ठ, मगर संघबाट रमेश राना, लालीगुराँस क्लबबाट कृजल केसीले कार्यक्रममा सहभागिता जनाएका थिए ।

एनआरएनए क्यानडाका महासचिव पिताम्बर भट्टराईले संचालन गरेको कार्यक्रममा कास्की आदर्श समाजका ग्लोबल संरक्षक गोपीकृष्ण काफ्लेले संस्थाले राम्रो कामको सुरुवात गरेको र भविष्यमा पनि निरन्तर सक्रिय रहेरकाम गर्दै जाने विश्वास व्यक्त गरे । करीब तीन महिना अघि नेपाल सरकारका पर्यटनमन्त्री योगेश भट्टराईको क्यानडा भ्रमणका समयमा एनआरएनए क्यानडाले नेपाल भ्रमणवर्षको प्रचारप्रसारका लागि विशेष कार्यक्रम गरेकोथियो । जसलाई मन्त्री भट्टराईले सम्बोधन गरेका थिए ।

Featured