देश

वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएका कामदारका परिवारलाई साढे ४८ करोड प्रदान

काठमाडौं, साउन १०-नेपाल सरकारको वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०७५/७६ मा विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको परिवारलाई राहत स्वरुप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ प्रदान गरेको छ।

गत वर्ष मात्रै रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए। वैदेशिक रोजगार बोर्डले करार अवधिमानै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक राहत प्रदान गर्ने गरेको छ।

वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ३ सय ३५ कामदारलाई एक वर्षमा ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ राहत प्रदान गरिएको बोर्डले जनाएको छ।