देश

बसमा छुटेको नगद २ लाख सम्बन्धित ब्यक्तिलाई फिर्ता

कास्की, साउन ९-बसमा छुटेको नगद २ लाख रुपैयाँ सम्बन्धित धनी पोखरा महानगरपालिका-३३ बस्ने शान्ति पाध्यालाई बुधबार फिर्ता गरिएको छ। 

पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट बागमारातर्फ गईरहेको ना.६ ख ८४१२ नम्बरको यात्रुबाहक बसमा उक्त नगद सहितको झोला छुटेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले उक्त बस रोकेर चेकजाँच गर्दा फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो।