विचार-ब्लग

मोफसलबाट नेपाल जनस्वास्थ्य संघलाई खुल्ला पत्र

आदरणीय नेफा अध्यक्षज्यू,

सादर प्रणाम,

नेफा केन्द्रीयनिर्वाचन भएको पनि एक बर्ष भईसकेको छ। तर खासै उपलब्धिमुलक कुनै काम भएको देखिदैन, हालनिर्बाचित नेफा केन्द्रीय एवं प्रादेशिक कमिटीहरुबाट आम जनस्वास्थ्यकर्मीहरुको धेरै नै अपेक्षा रहे तापनि जुनै जोगि आए पनि कानै चिरेको भन्ने उखान चरितार्थ भएको प्रष्ट देख्न र महसुस गर्न सकिन्छ।

NHPC द्वारा हालै MPH/ BPH को न्यूनतम मापदण्डको हामीसम्पूर्ण जनस्वास्थ्य कर्मीहरुले सहृदय स्वागत गरेको सर्बबिदीतै छउक्त मापदण्डले पहिला देखि नै आम बिद्यार्थीको गुणस्तरीय शिक्षाको मागलाई सम्बोधन गरेको छ साथै BPH, MPH कार्यक्रमको Lecturer, Coordinator, HoD, Principal को न्यूनतम योग्यता BPH तोकिएको जानकारी सहर्ष अनुरोध छ ।अब पोखरा बिश्वबिश्वविद्यालय, पूर्वाञ्चल बिश्वबिद्यालय र त्रिभुवन बिश्वबिद्यालयमा बाघको छालामा स्यालको रजाई गरिरहेका स्वनामधन्य महेन्द्ररत्न ताहाचल मार्काका एमपिएचका गुरु महोदयहरुको हिसाबकिताब गरेर जनस्वास्थ्य प्रोफेसनालिज्मको बलात्कार हुन जोगाईरक्षा गर्ने जिम्माजनस्वास्थ्य संघ नेफा, प्रादेशिक कमिटी, बिश्वबिद्यालय कमिटीमा क्रियाशील साथीहरुको काँधमा आएको छ। आदरणीय बिज्ञ, प्राध्यापक, बिद्यार्थी र शुभचिन्तकरुलाई सजग रहन तथा नेपाल स्वास्थ्य ब्यवसायी परिषदमा चलखेलको लागि रोईलो गर्नुभएका गुरुहरुमा हार्दिक सहानुभुतीका साथै कहिंकतै तलमाथि भएमा NHPC का अध्यक्ष राम भण्डारी एवं रजिस्ट्रार बसन्त अधिकारी सरहरुमा सशक्त प्रतिरोध गरिने पनि सादर अनुरोध गर्दछु ।

जनस्वास्थ्य विषय पढाई हुने बिश्वबिद्धालय एबम कलेजहरुमा शिक्षा जस्तो गम्भीर क्षेत्रमा ब्यापारीकण र ब्यवसायीकरण भइरहेको प्रष्ट देख्न सकिन्छ एउटै बिषय पढाई हुने बिश्वबिद्धालय र कलेजहरुमा पनि समान किसिमको शुल्क नहुनु लाजमर्दो नै हो भन्ने मेरो ठम्याई हो र त्यसको निम्ति जनस्वास्थ्य संघ नेफा र NHPC लेसमान शुल्क निर्धारणका निम्ति पहलकदमी लिनु पर्ने र निर्धारण गर्नुपर्ने देखिन्छ।

देशमा पर्याप्त कोटा नभई या गुणस्तरीय शिक्षाको खोजीमा बिदेश अध्ययनको निम्ति जानु पर्ने बाध्यता एकातिर छ भने हालबिदेशी बिश्वबिद्धालयमा अध्ययनरत विद्यार्थीहरुमा equivalent को समस्या अर्को तिर उक्त समस्या को दीर्घकालीन समाधान को निम्ति 3 पक्षीय ( नेफा/ त्रिभुवन बिश्वबिद्धालय- curriculum development board/NHPC) बैठक राखी छलफल गर्नुपर्ने देखिन्छ र हालसम्म अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक माफियाका खातिर मानसिक पीड़ा र गुमराहको समाधान जरूरी देखिन्छ।

लाखौ खर्च गरि अध्ययन गर्नुको पिडा एकातिर छ्दै छ भने अध्ययन पश्चात् रोजगार नपाउनुको बिडम्बनाअर्को तिर छदैछ त्यसैले हजारौं जनस्वास्थ्यक्षेत्रका दक्ष जनशक्ति बिदेश पलायन दिन प्रति दिन बड्ने क्रममा छ्न त्यसैले जनस्वास्थ्य संघ नेफाले रोजगारी सृजनामा पहल कदमी चाल्नु पर्ने देखिन्छ।

जनस्वास्थ्य जस्तो गम्भीर बिषयलाई खेलवाड गरि पूर्वान्चल बिश्वबिद्धालयको लागि २०१३मा नेफाले ठेक्कामा तयार पारेको जनस्वास्थ्यको स्नातक विषयको पाठ्यक्रममा हुँदै नभएका र हालसम्म प्रकाशित नै नभएका दर्जनौ किताबहरु सन्दर्भ सामाग्रीमा राखिनु हास्यास्पद मात्र नभई लाजमर्दो नै देखिन्छ।बिदेश एबम स्वदेशका कलेजहरुको पूर्वाधार र मापदण्ड हेर्ने निकाय नेपाल स्वास्थ्य ब्यबसायी परिषदले हालसम्म आम जनस्वास्थ्य विषय अध्ययन गरिसकेका र अध्ययन गर्दै गरेकास्नातकको पाठ्यक्रमलाई किन हेर्न सकेन ?? गम्भीर प्रश्न चिन्ह खडा भएको छ। हामीजस्ता कैयन बिद्यार्थीको भविष्यमाथि खेलवाड़ गर्ने बिद्वान महोदयहरुको कुत्सित मनशाय र बिज्ञतालाई उचित छानबिन गरि कानूनी कारबाही गर्न जोड़दार माग गर्दछु र दोषी ठहरिएमा निजहरुको लाइसेन्स बदर हुनेछ भन्ने अपेक्षा गर्दछु ।

कमजोर र थलापरेको जनस्वास्थ्यक्षेत्रको फाइदा उठाउदै बाघको छालामास्यालको रजाइँ गर्न पल्केकाचमेरे प्रबृत्तिका लखपति पहुँचवालाहरुको झुण्ड समायोजनको बखतमा फेरि विभिन्न समूह उपसमुह परिवर्तन गर्दै आफू प्रमुख हुने दाउ खोजी हलचल मच्चाएको रोइलो बेला बखतसुन्नमा आइरहेकोसम्पूर्ण जानकार नै हुनुहुन्छ।त्यसैले सम्पूर्ण जनस्वास्थ्यकर्मी अग्रजहरु, गुरुहरु एवं मित्रहरूमा परिस्थितिजन्य दुर्घटनाबाट सजग र सचेत रहन आग्रहको साथै त्यसको विरुद्धमा एकजुट भई गोलबन्द हुनको निम्ति हार्दिक अनुरोधका साथैअपील गर्दछुर जनस्वास्थ्य संघ नेफालाई पहलकदमी लिनको निम्ति तत्पर रहनको निम्ति अनुरोध गर्दछु।यहि शनिबारका दिन हुन गइरहेको नेपालमा जनस्वास्थ्य मानब संशाधनको गुणस्तर सुधार अन्तरक्रिया कार्यक्रमको सफलताको अग्रिम शुभकामना सहित कार्यक्रम / नेफा पूर्णतः सरकारी मात्रै नभई निजिक्षेत्र , बौद्धिक ब्याक्तित्व, पेशाकर्मी, NGO/ INGO हरुको अपनत्व हुनेगरि समाबेशिता कायम गर्नुहुन आवश्यक देखिन्छ र उक्त छ्लफललेजनस्वास्थ्य क्षेत्रमा ठुलै हलचलसृजनाका साथै उपलब्धिमुलक रहने र जनस्वास्थ्य क्षेत्रमा अग्रगामी छलाङको महत्त्वपूर्ण योगदान दिनेमा पूर्ण आशावादी रहेको छु।

हाम्रो नेफा,राम्रो नेफा,सबैको नेफा

जय जनस्वास्थ्य

बिनीत:बासुदेब सापकोटा

जन-स्वास्थ्यकर्मी प्रदेश ३