काठमाडौं, रासस, साउन ९- दुर्गम क्षेत्रका बिरामीलाई अस्पताल पुर्याउन सजिलो होस् भनी नोबेल शिक्षण अस्पताल विराटनगरले बुधबार पाँचथरमा एक थान एम्बुलेन्स प्रदान गरेको छ।
अस्पतालका सञ्चालक डा सुनिल शर्माले पाँचथर नमूना बाल तथा युवा क्लबलाई ११ लाख रूपैयाँ मूल्यको बराबरको एम्बुलेन्स प्रदान गरेका हुन्।
सो अवसरमा पाँचथर सदरमुकाम फिदिममा बुधबार आयोजित एक कार्यक्रममा डा शर्माले पाँचथरका अतिविपन्न १०० बिरामीलाई अस्पतालले निःशुल्क उपचार सेवा प्रदान गर्ने घोषणा पनि गरे।
डा शर्माले यसअघि मोरङको पथरीशनिश्चरे–९ पुलचोकस्थित त्रिपुरेश्वर शिव पञ्चायन मन्दिरलाई पनि निःशुल्क एम्बुलेन्स दिइसकेका छन्।
प्रतिक्रिया दिनुहोस