देश राजनीति

सांसदहरुले आफ्नो एक दिन बराबरको तलब बाढी पहिरो पिडितलाइ सहयोगार्थ प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा जम्मा गर्ने

काठमाडौं, साउन ९-अविरल बर्षाका कारण आएको बाढी पहिरोले देशको विभिन्न ठाउँमा ठुलो धनजनको क्षति पुर्याएको छ। यही कुरालाई मध्यनजर राख्दै प्रतिनिधि सभाका सम्पूर्ण सांसदहरुले आफ्नो एक दिन बराबरको तलब प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा जम्मा गर्ने भएका छन्।

सभामुख कृष्णबहादुर महराले बैठकमा आफ्नो एक दिनको तलब कोषमा जम्मा गर्न सम्पूर्ण सांसदलाइ प्रस्ताब गरेको र बाढी पहिरो पीडितको राहत तथा उद्दारमा खर्च गर्न भनेकोमा उक्त प्रस्तावलाई सभाले सहमति भएको थियो।

हाल प्रतिनिधिसभाका सांसदको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ रहेको छ। सभामुखको मासिक तलब ६७ हजार ३ सय २०, विपक्षी दलको नेता, उपसभामुख प्रमुख सतेचक र समिति सभापतिहरुको तलब ६० हजार ९ सय ७० र सचेकतको तलब ५७ हजार ७ सय ८० रुपैयाँ रहेको छ।

प्रतिनिधिसभा बैठकले बाढीपहिरोबाट निधन भएकाहरुमा श्रद्धाञ्जली व्यक्त गरेको छ। त्यस्तै राहत उद्दारमा जुट्न सरकार, स्थानीय तह, संघ ‌संस्था, राजनीतिक दललाई अपिल गरेको छ।