देश

युरोपियन युनियनको कालोसूचीमा नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी

काठमाडौं, साउन ९-नेपालको सबै भन्दा पुरानो नेपाल वायुसेवा निगमका दुईवटा ए३३०–२०० वाइडबडी जहाज युरोपियन युनियनको कालोसूचीमा पर्दा निगमलाई करिब दुई अर्ब घाटा लागेको छ। दुईवटा वाइडबडी कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमताको उडान अहिले सम्म भर्न सकेका छैनन्।

नेपालका कुनै पनि जहाजलाई आफ्नो क्षेत्रमा उडान भर्न गरेको निषेधको प्रतिबन्ध ईयूबाहेक अन्य मुलुकले पनि गरेका छन्। दक्षिण कोरियाले युरोपियन (ईयू) कै कालोसूचीका कारण नेपालको वाइडबडीले आफ्नो मुलुकमा प्रवेश नपाएको जनाएको छ। नेपालको जहाजले दक्षिण कोरियामा उडान अनुमति नपाउनुको मुख्य कारण ईयूको कालोसूची भएको उसको भनाइ छ।

ईयूले हवाई सुरक्षामा सुधार गर्न लगातार भइरहेको असफलताबारे प्रश्न उठाउँदै गत वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ वटा प्रश्न सोधेको थियो। ईयूको लगातार प्रतिबन्धले उसको संगठनभित्रका २८ देशमा नेपाली जहाज उड्न पाउँदैनन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छन्।