देश

आठ दिनमा उपत्यकामा १५ हजार बढी सवारीचालक कारबाहीमा

काठमाडौं, पुस ९–ट्राफिक महाशाखाले आठ दिनमा १५ हजार ४ सय ४४ सवारीचालकलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सडक प्रयोगकर्ता, पैदलयात्री, चालकरसहचालकलाई जनचेतना जगाउन तीनमहिने विशेष ट्राफिक उज्यालो अभियान सञ्चालन गरेको र त्यही अभियानका क्रममा उनीहरू कारबाहीमा परेको ट्राफिक महाशाखाले जनाएको छ ।

अभियानअन्तर्रगत महाशाखाले विशेष मोबाइल चेकिङ टोली सञ्चालन गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए । कारबाहीमा पर्नेमा सबैभन्दा बढी सार्वजनिक सवारीसाधन रहेको उनको भनाइ छ । उनका अनुसार आठ दिनमा १ हजार २२ जना सार्वजनिक सवारीचालक कारबाहीमा परेका हुन् ।

त्यस्तै, सडकमा सवारी तथा पैदलयात्रीहरूलाई आवतजावतमा अवरोध हुने गरी पार्किङ गर्ने ९ सय ५०, हर्न बजाउने ५ चय, मादक पदार्थ सेवन गरी सवारी चलाउने ७ सय ९०, लेन अनुशासन पालना नगर्ने ७ सय ९९, जथाभावी पिक एण्ड ड्रप गर्ने ६ सय ७०, एकतर्फी (वान वे) मा चलाउने १ सय ८९, जथाभवी सवारी मोड्ने २ सय २९, त्यस्तै ३ सय १५ वटा ट्रक र टिपर कारबाहीमा परेको ट्राफिक महाशाखाले जनाएको छ ।

Featured