देश

सिन्धुलीको खुर्कोटमा हिमालयन बैंकको नयाँ शाखा

काठमाडौं, पुस ९–हिमालयन बैंकले सिन्धुलीको खुर्कोटमा नयाँ शाखा खालेको छ । खुर्कोटको गोलान्जोर ७ साझा चोकमा बुधबार बैंकका सञ्चालक समिति अध्यक्ष मनोजबहादुर श्रेष्ठले नयाँ शाखा कार्यालयको उद्घाटन गरेका हुन् । अध्यक्ष श्रेष्ठले नयाँ शाखा कार्यालयमार्फत हिमालयन बैंकले अत्याधुनिक बैंकिङ सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा स्थानीयलाई सहयोग पु¥याउने बताए । ‘उत्पादनशील व्यवसायमा संलग्न स्थानीयलाई व्यवसाय वृद्धिमा बैंकले वित्तीय सहयोग गर्नेछ,’ उनले भने ।

राजधानी काठमाडौंलाई तराई मधेससँग जोड्ने बिपी राजमार्गको मध्य भागतिर पर्ने खुर्कोट व्यापारिक दृष्टिले महत्वपूर्ण भएकाले शाखा स्थापना गरेको उनले जानकारी गराए । कार्यक्रममा सञ्चालक समितिका सदस्यलगायत बैंकका वरिष्ठ कर्मचारी र स्थानीय उद्योगी, व्यवसायीको उपस्थिति रहेको प्रेस तथा जनसम्पर्क अधिकृत शितल कोइरालाले बताए ।

Featured