देश राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्‍यो

काठमाडौं, पुस ९–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ११ पुसमा बस्ने भएको छ । विभाग गठन, भ्रातृसंस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि ११ पुुसका लागि बोलाइएको बैठक पुस ११ गतेसम्मका लागि तय गरिएको हो ।

२६ मंसिरदेखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक ११ पुस दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए ।

Featured