देश

मृत अवस्थामा फेला

विराटनगर, पुस ९–तेह्रथुमको छथर गाउँपालिका–६ का ५० बर्षीय लिलम लम्जेल मृत अवस्थामा फेला परेका छन् । मंगलवार घरबाट शुक्रवारे बजार तर्फ हिडेका लम्जेल बुधबार बिहान छथर गाउँपालिका–५ स्थितच सुदाप जाने बाटोमा मृत अवस्थामा फेला परेका हुन् । शुक्रवारे बजारमा अत्याधिक मादक पदार्थ सेवन गरेर घर तर्फ हिडेका लम्जेल बाटोमानै सुतेको र चिसोका कारण मृत्यु भएको हुन सक्ने स्थानीयवासीले बताएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Featured