देश

मेरिङदेन गाउँपालिकामा ११ स्वास्थ्यकर्मी माग

काठमाडौं, पुस ९–ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विभिन्न तहमा ११ जना स्वास्थ्यकर्मीको आवदेन माग गरेको छ । स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्य्विधि–२०७६ र गाउँपालिकाको निर्णय अनुसार खुला प्रतिस्पर्धाबाट हल्ट असिस्टेन्ट र अक्जुलरी नर्स मिडवाइफ पदको आवेदन माग गरिएको हो ।

जसमा हेल्थ असिस्टेन्ट सहायक पाँचौं तहमा खुलातर्फ ३ जना, महिला १ जना र आदिवासी एक जना माग गरिएको छ । यस्तै अनमी सहायक चौथो तहमा खुला तीन जना, महिला २ जना र आदीवासी जनजाति एक जनाको आवदेन मागिएको छ ।

Featured