विदेश

हर्षबर्धन शृंगला भारतको नयाँ विदेश सचिवमा नियुक्त

एजेन्सी, पुस ८–अमेरिकाका लागि भारतीय राजदूत रहेका हर्षबर्धन शृंगला भारतको नयाँ विदेश सचिव बन्ने भएका छन् । वरिष्ठ कूटनीतिज्ञ शृङ्गलालाई विदेश सचिव बनाउने निर्णय गरेको हो । उनले सन् २०२० को गणतन्त्र दिवस लगत्तै विदेश सचिवको जिम्मेवारी सम्हाल्ने छन् । विजय गोखलेको स्थान लिन लागेका उनी सन् १९८४ को ब्याचमा सरकारी सेवा प्रवेश परीक्षाका टपर हुन् ।

वर्तमान विदेशमन्त्री शुब्रमन्यम जयशंकरले विदेश सचिवबाट अवकाश पाएपछि सन् २०१८ मा गोखले विदेश सचिव नियुक्त भएका थिए । अमेरिकाको राजदूत हुनुअघि उनी थाइल्यान्डका लागि भारतको राजदूत रहेका थिए । उनले बंगलादेशका लागि भारतीय उच्चायुक्तका रुपमा समेत काम गरिसकेका छन् । उनी सँगै १९८२ मा सेवा सुरु गरेका रुची घनश्याम, १९८३ मा सेवा सुरु गरेका राजीव चन्देर र १९८३ मै सेवा सुरु गरेकी अमिता नायर पनि विदेश सचिव बन्ने दौडमा थिए ।

Featured