देश

जबर्जस्ती करणी आरोपमा शिक्षक पक्राउ

कास्की, साउन ८-उदयपुरकी १४ बर्षिय किशोरीलाई पोखराको एक होटलमा लगेर बन्धक बनाएको आरोपमा प्रहरीले उदयपुरको म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका २८ बर्षिय शिक्षक राकेश कुमार कानोडियालाई पक्राउ गरेको छ।

प्रहरीले बताए अनुसार कानोडियाले १४ बर्षीया छात्रालाई उदयपुर देखि कास्की पोखराको लेकसाईड स्थित द कन्ट्री यार्ड होटलमा राखेर जबर्जस्ती करणी गरेका थिए। शिक्षकले नाबालिकाले प्रयोग गर्ने मोबाईल समेत नियन्त्रणमा लिएर अविभावकसंग सम्पर्क समेत गर्न नदिई बन्धक बनाएका थिए।

प्रहरीले बन्धक बनाई राखिएकी ति बालिकालाई उद्दार गरेर अभिभावकको जिम्मा लगाएको छ।

कानोडियालाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही अगाडी बढाएको छ।

Featured