देश

सेनाका यौन दुराचारीहरू सोत्तर

काठमाडौं, पुस ९–आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागिरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना इटहरीका लेफ्टिनेन्ट कर्णेल सुनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अंग मुसारेको अभियोगमा बर्खास्त भएका छन् । त्यस्तै मेकानिकल इञ्जिनियरिङतर्फ धनगढीमा कार्यरत एक जना मेजरले सेनाभित्रकै एक महिलासँग फेसबुकमा नांगिने क्रममा उनकी छोरीको उजुरीका कारण घटुवामा परेपछि राजीनामा दिएका छन् ।

सैनिक अस्पताल छाउनीमा कुमाल थरकी महिला सिपाहीसँग शारीरिक सम्बन्ध राख्ने जमदार उत्सव महरासहित दुई जनाको पनि जागिर जानुका साथै ३र३ महिनालाई जेल चलान गरिएको छ । सेनामा प्लेब्वाईको उपनामले चर्चित महासेनानी दीप सिंहले भने भर्खरै राजीनामा दिएका छन् । अझै तीन वर्ष सेवा अवधि बाँकी छँदै किन राजीनामा दिएका होलान् बुझ्न गाह्रो छैन । जनआस्था साप्ताहिकबाट

Featured