देश

ललितपुरको सानेपामा एनआईसी एशिया बैंकले खोल्यो शाखा

काठमाडौं, पुस ८–एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा खोलेको छ । सानेपा शाखाको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले मंगलबार उद्घाटन गरेका छन् । शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ सेवा प्राप्त गर्न सहज हुने नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए ।

देशभर बैंकका ३१३ शाखा कार्यालय, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउन्टर र ४४ वटा शाखारहित बैंकिङ इकाइ छन् । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशियाका करिब २० लाख ग्राहक छन् ।

Featured