देश

भारतले मिरगञ्मा सवारी अवागमन रोकेपछी बैकल्पीक व्यवस्था गर्न माग

विराटनगर, पुस ८–भारतको बथनाहास्थित मिरगञ्ज खोलाको पुलमा भारत सरकारले मर्मतका लागि सवारी आवागमन रोकेपछि विराटनगरका उद्योगी व्यवसायीले सडकको बैकल्पिक व्यवस्था गर्न माग गरेका छन् । २०७४ साल साउनमा आएको बाढीले उक्त पुलमा क्षति पु¥याएपछि छ महिनाबढी जोगबनी भएर आउने मालवाहक सवारी साधन भिमनगर नाकाबाट सुनसरी हुँदै विराटनगर आएका थिए ।

डिसेम्बर १८ तारिखदेखि र्ममत शुरू भएको पुलको मर्मत गर्न चार हप्ता लाग्ने भारतीय पक्षले जानकारी दिएकाले पुन भिमनगर हुँदै नेपाल प्रवेश गर्ने व्यवस्था मिलाउन उद्योगी व्यवसायीहरुले माग गरेका हुन् । ‘तत्काल सडकको बैकल्पिक व्यवस्था नगरे मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योग व्यवसाय ठप्प हुन्छ ।’ मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले भने,‘सरकारले भरतसँग पहल गरेर यसको तत्काल समाधान निकाल्न जरुरी छ ।’

पुलमाथि दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन बाहेका अन्य सवारी साधनको आवत जावत पूर्ण रूपले ठप्प हुँदा सयौं मालबाहक सवारी साधन भारततर्फ अलपत्र परेको उनले बताए । जसका कारण ‘डिटेन्सन’ र ‘डेमरेज’ चार्ज मात्रै प्रति दिन एक करोड रूपैयाँ नोक्सानी हुनुका साथै उद्योगको उत्पादकत्व घटेर अर्बाँैको नोक्सानी हुने उनले बताए ।

यस्तै मिरगञ्ज पुलको नजिक बन्दै गरेको पक्कि पुलको निर्माण कार्य सन् २००८ मै शुरू भएपनि हालसम्म चार वटा पिलर मात्र निर्माण भएको भन्दै उद्योगी व्यवसायीले कुटनितिक पहल गरी पुल निर्माण कार्यलाई पनि तदारूकता दिन सरकारसँग माग गरेका छन् ।

Featured