देश

जहाजबाटै लागुऔषध ओसारपसार

सुर्खेत, पौष ८–सुरक्षा व्यवस्था कडा नहुँदा नेपालगञ्ज र सुर्खेतबाट जाने हवाइजहाजबाट जुम्मालामा लागुऔषध भित्रिने गरेको छ । लागुऔषध विमानबाटै भित्रिने गरेको जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी)लालबहादुर धामीले बताएका छन् । ‘जुम्लाजस्तो ठाउँमा लागुऔषध विमानबाट भित्रिन्छ भन्ने कुरा पत्यार लागेको थिएन ।

तर, पनि जनगुनासोलाई मध्यनजर गर्दै हामीले निगरानी गरी रहेका थियौं’ उनले भने, ‘अन्ततस् ब्राउन सुगर नागरिक उड्डयन कार्यालय जुम्लाको टर्मिनल भवनभित्रबाट बरामद गर्न सफल पनि भयौं ।’

सुन्तलाको कार्टुनमा भित्रियो लागुऔषध
जुम्लामा लागुऔषध भित्र्याउने तरिका पनि फरक हुने गरेको भेटिएको छ । जुम्लामा लागुऔषध फलफूलको कार्टुनमा लुकाएर ल्याउने गरेको डीएसपी धामीले बताए । ‘लागुऔषध सुन्तलाको कार्टुनमा नेपालगञ्ज हुँदै जुम्ला विमानस्थलमा आइपुग्दो रहेछ,’ उनले भने । शिलबन्द गरी १२ दाना सुन्तला, साबुन र स्याम्पुका डिब्बा राखिएको र कण्डमको टुक्राभित्र आठवटा कालो प्लास्टिकको पुरिया बनाई लुकाई छिपाई राखिएको ६ ग्राम लागुऔषध ब्राउन सुगर प्रहरीले विशेष सूचनाका आधारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Featured