देश मनोरंजन

२७ डिसेम्बरदेखि चिनियाँ चलचित्र महोत्सव हुँदै

काठमाडौं, पुस ८–२७ डिसेम्बरदेखि जनवरी ८ सम्म चिनियाँ चलचित्र महोत्सव हुने भएको छ । महोत्सव काठमाडौं, पोखरा र लुम्बिनीमा हुनेछ । महोत्सवअन्तर्गत काठमाडौंमा २७ र २८ डिसेम्बर, पोखरामा ५ जनवरी र लुम्बिनीमा ८ जनवरीमा चलचित्र देखाइनेछ । जनगणतात्रिन्क चीनको डकुमेन्ट्री र चलचित्र ग्रेटवाल प्रदर्शन गरिने बताइएको छ । यता, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफूलाई ट्वीटरमा फलो गर्नेलाई पुरस्कार दिने घोषणा गरेकी छन् ।

राजदूत यान्छीको ट्वीटरमा पोस्टलाई रि–ट्वीट, कमेन्ट र एक जना साथीलाई ट्याग गर्ने पाँच जनालाई पुरस्कृत गर्ने ट्वीटरबाट जानकारी दिएकी हुन् । चिनियाँ चलचित्र महोत्सवलाई लक्षित गर्दै राजदूत यान्छीले यस्तो प्रतियोगिता घोषणा गरेकी हुन् । उनले पुरस्कृतलाई महोत्सवको दुईवटा टिकट उपलब्ध गराउने जनाएकी छन् ।

Featured