देश राजनीति

दलका चुनाव चिह्न बसदेखि ट्रयाक्टरसम्म

काठमाडौं, पुस ८–निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त १८ सदस्यको निर्वाचनका लागि प्रमुख निर्वाचन आयुक्तको नियुक्त गरेको छ । आयोगले निर्वाचनमा भाग लिन दल दर्ता गराएका ११ वटा राजनीतिक दललाई निर्वाचन चिह्नसमेत प्रदान गरेको छ । आयोगका अनुसार सत्तारुढ नेकपाले सूर्य, प्रमुख प्रतिपक्षी दल कांग्रेसले रुख, समाजवादी पार्टीले हात निर्वाचन पाएका छन् ।

त्यसैगरी, राष्ट्रिय जनता पार्टीले ढल्केको छाता, राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई, राप्रपा (संयुक्त)ले हलो, राष्ट्रिय जनमोर्चाले गिलास, नेमकिपाले मादल, नेपाल संघीय समाजवादी पार्टीले बस, नेपाली जनता दलले गोरुगाडाको पाङ्ग्रो र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्रयाक्टर चिन्ह पाएका छन् ।

आयोगका अनुसार सातवटा प्रदेशमा जिल्ला न्यायाधीशलाई निर्वाचन आयुक्त नियुक्त गरेको हो । आयोगका अनुसार प्रदेश १ को निर्वाचन अधिकृतमा मेदिनीप्रसाद पौडेल, प्रदेश २ मा राजकुमार खतिवडा र प्रदेश ३ मा महेन्द्रबहादुर कार्की नियुक्त भएका छन् । आयोगका अनुसार गण्डकी प्रदेशमा काजीबहादुर राई, प्रदेश ५ मा रितेन्द्र थापा, कर्णाली प्रदेशमा राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशमा विदुर काफ्ले नियुक्त भएका छन् ।

Featured