देश

सेल पे र सस्तो डिलको सहकार्यमा सेल–ए–ब्रेसन

काठमाडौं, पुस ८–सेल पे सेवा र सस्तो डिलको सहकार्यमा सेल–ए–ब्रेसन अफर सञ्चालन भएको छ । क्रिसमस र नयाँ वर्षको अवसर पारेर २४ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० सम्म यो अफर सञ्चालन गरिएको कम्पनीले जनाएको छ । यो अफरबाट ग्राहकहरूले सस्तो डिलमार्फत कुनै पनि सामान किन्दा ४० प्रतिशतसम्म छुट सेल पे एप्समा लोयल्टी पोइन्ट्सको रूपमा पाउनेछन् ।

त्यस्तै, डीजेआई, डीआर ब्राउन्स, क्रेन, हिमालय बेबी केयर, बीब्लव, इनरजाइजर र एक्स–एजका सामानको खरिदमा चेकआउट गर्दा ग्राहकहरूले १० प्रतिशतसम्म डिस्काउन्ट कुपन पाउनेछन् । छुट पाउनका लागि सस्तो डिलमार्फत सामान किन्दा सेल पेलाई भुक्तानी माध्यमको रूपमा छनोट गर्नुपर्ने हुन्छ । साथै, ’पे नाउ’ मा ट्याप गर्नुपर्ने सेल पेले जनाएको छ ।

यो अफरको लाभ लिनका लागि आफ्नो मोबाइलमा सेल पे एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्दछ । सेल पे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेल पेबाट बिजुली, खानेपानी, टीभी, इन्टरनेटको बिल, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिन्छ ।

Featured