देश

बसको ठक्करबाट मोटरसाइकल चालक बाबुको मृत्यु, छोरा सकुशल

काठमाडौं, पुस ८–काठमाडौंको गुर्जुधारामा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट पर्वतको ठूलेपोखरी गाउँपालिका–४ घर भइ हाल चन्द्रागिरी नगरपालिका–७ थानकोट चेकपोस्ट नजिकै बस्दै आएका मोटरसाइकल चालक ४० वर्षका अर्जुनकुमार केसीको घटनास्थलमै मृत्यु भएको हो । उनले चलाएको मोटरसाइकलको पछाडि रहेका १४ वर्षे छोरा अनुप केसी भने सकुशल रहेका छन् ।

Featured