राजनीति

संसदमा देउवाको प्रश्न: हेलिकप्टरबाट हेरेर बाढी पीडितको कसरी उद्धार हुन्छ ?

काठमाडौं, साउन ०८। नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले संसदमा सरकार बिरुद्द आक्रोश पोखेका छन् ।उनले हेलिकप्टरबाट हेरेर बाढी पीडितको कसरी उद्धार हुन्छ ?भन्दै प्रश्न समेत गरे ।

जनता डुवानमा परेका छन्, घरबारविहीन भएका छन् । खाद्यान्यसमेत पानीले भिजेर सडेको छ । नदी कटानले पुरै जमिन खत्तम पारेको छ । जनता टहरा बनाएर बसेका छन्, खाद्यान्न छैन, केही पनि छैन:-उनले भने:-सरकारको पहिलो कर्तव्य भनेको बाढी पीडितलाई खाद्यान्न दिने, ओत दिने हो । तर, हालसम्म केही पनि भएको छैन । रेडक्रसलगायत केही विदेशी संस्थाहरुले राहत वितरण गरेका छन् । तर, मैले सरकारले कुनै पनि ठाउँमा केही गरेको देखिनँ

प्रतिक्रिया दिनुहोस

Click here to post a comment

Featured