देश

प्रदेश सरकारबाट कृषिलाई महत्त्व :पौडेल

हेटौडा, पुस ७–प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कृषिलाई सबैभन्दा धेरै महत्त्व दिएको बताएका छन् । प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकासँगको सहलगानीमा निर्माण हुन लागेको फलफूल तथा तरकारीको अत्याधुनिक थोक बजारको विस्तृत अध्ययन प्रतिवेदनमाथि छलफल कार्यक्रममा मुख्य मन्त्री पौडेलले प्रदेशको अर्थतन्त्रको मेरुदण्ड कृषि भएको उल्लेख गरे ।

उनले देशको कृषि क्षेत्रको आधुनिकीकरणका लागि व्यवस्थित थोक बजार स्थापना गर्न लागिएको जानकारी दिए । प्रदेशको अर्थतन्त्रलाई बढाउने र हजारौंलाई रोजगार दिलाउने लक्ष्यसहित बजार निर्माण गर्न लागिएको उनले बताए । कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि बजार निर्माणपछि कृषिउपजको बजारीकरणका कारण किसानमा उत्साह छाउने बजार निर्माण सम्पन्न भएपछि हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने बताए । ४३ करोड रुपैयाँको लगानीमा निर्माण गरिने थोक बजारमा हेटौंडा उपमहानगरपालिकाले ३० प्रतिशतसम्म लगानी गर्ने भएको छ ।

Featured