विदेश

चीन र दक्षिण कोरियाका राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी, पुस ७–चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा उनीहरूबीच भेटवार्ता भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

आफूहरूका बीचमा रणनीतिक साझेदारिता, ठोस चासो र मुख्य सरोकारका विषयमा एकअर्कालाई सघाउने र उच्चस्तरीय दुई पक्षीय सम्बन्धलाई थप सुधार गर्दै लैजानेलगायतका विषयमा छलफल भएको सिले बताए । चीन—जापान—दक्षिण कोरियाका शीर्ष नेताहरूको आठौं बैठकमा सहभागी हुन मुन चीन गएका हुन् । चीनको दक्षिणपश्चिमी शहर छेन्दुमा मंगलबार सो बैठक हुन लागेको छ ।

Featured