देश

सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता

काठमाडौं, पुस ७–सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी इन्टरनेशनल अस्पतालबीच सेवा सुविधामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक विकास मानसिंहले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्डवाहक ग्राहकहरू तथा बैंकका संस्थापक शेयरधनीहरूले अस्पतालको विभिन्न सेवामा छुट पाउनेछन् ।

Featured