खेलकुद विदेश

पुछारको वाट्फोर्डसँग स्तब्ध भयो म्यानचेस्टर युनाइटेड

एजेन्सी, पुस ७–इंग्लिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा म्यान्चेस्टर युनाइटेड तालिकाको पुछारमा रहेको वाटफोर्डसँग स्तब्ध बनेको छ । घरेलु मैदानमा वाट्फोर्डले म्यानचेस्टर युनाइटेडलार्य २–० ले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ५० औं मिनेटमा अग्रता बनाएको वाटफोर्डले ५४ औं मिनेटमा पाएको पेनाल्टीमार्फत अग्रता दोब्बर पारेको हो । उसका लागि इस्माइला सार र ट्रोय डीनीले गोल गरेका थिए । वाट्फोर्ड जितपछि पनि १८ खेलबाट १२ अंकसहित पुछारमा नै रहेको छ । उसको रेलिगेशन जोनबाट माथि रहेको साउथह्याम्पटनसँगको अंक दूरी ६ मा झारेको छ । पराजित भएको म्यानचेस्टर युनाइटेड १८ खेलबाट २५ अंकसहित आठौं स्थानमा छ।

Featured