देश

बिहानैदेखि अबरुद्द भएको माडी–ठोरी हुलाकी सडक साझदेखि संचालनमा आउन सक्ने

चितवन साउन ०८। गएरातीदेखि परेको अविरल पानीले बिहानैदेखि अबरुद्द भएको माडी–ठोरी हुलाकी सडक साझदेखि संचालनमा आउन सक्ने अनुमान गरिएको छ ।माडी नगरपालिकामा रहेका अधिकांश खोलामा पानीको बहाव बढेपछि अहिले माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ । रातिदेखि नै परिरहेको वर्षाका कारण खोला बढेर सडक अवरुद्ध भएको हो ।

अहिले पानि पर्न रोकिएपनि मगुइ खोलामा पानि बाहव नघटेको कारण सडक संचालनमा आउन सकेको छैन । सडक अवरुद्ध भएसँगै सदरमुकाम भरतपुरको माडी र ठोरीसँग यातायात सम्बन्धविच्छेद भएको छ ।