विदेश

दिल्लीको किराडीमा आगलागी हुँदा ९ जनाको मृत्यु

एजेन्सी, पुस ७–भारतको राजधानी नयाँ दिल्लीको किराडी क्षेत्रमा रहेको एक कपडाको गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ भने १० जना भन्दा धेरै घाइते भएका छन् । तीन वटा तला रहेको सो भवनको सबैभन्दा तलको तलामा आइतबार मध्यराति आगलागी भएको हो ।

समाचार एजेन्सी पीटीआईले ९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । सो स्थानमा आगलागी हुँदा ज्यान जोगाउने कुनै उपकरण थिएन । सबै घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । केही साताअघि मात्रै दिल्लीको एक फ्याक्ट्रीमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको थियो । सबै कामदार सुतिरहेका बेला झाँसी रोडको खाद्यान्नमण्डीमा आगलागी भएको थियो ।

Featured