देश

१७ औं अन्तराष्ट्रिय मैथिली सम्मेलन विराटनगरमा सुरु, उपप्रधानमन्त्री यादवले गरे उद्घाटन

विराटनगर, पुस ६–१७ औं अन्तराष्ट्रिय मैथिली सम्मेलन आइतबारदेखी विराटनगरमा सुरु भएको छ । मैथिली एशोसिएशन नेपालको आयोजनामा आइतबारदेखि विराटनगरमा दुई दिने अन्तराष्ट्रिय मैथिली सम्मेलनसुरु भएको हो । सम्मलनको उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका छन् ।

सो अबसरमा बोल्दै उपप्रधानमन्त्री यादवले मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने बताएका छन् । समाजवादी पार्टीका अध्यक्षसमेत रहेकायादवले उनले आन्दोलनमार्फत मुलुकमा संघीय गणतन्त्र स्थापना गर्न सफल भएकाले अब मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने आन्दोलन सुरु भएको बताए ।

उनले नेपाल र भारतको मिथिला क्षेत्रमा मैथिली भाषाको शिक्षा व्यवस्था गरिनुपर्ने समेत बताए । मैथिली संस्कारको संरक्षणका लागि मैथिली भाषाको संरक्षण आवश्यक रहेको उनको भनाइ छ ।

‘नेपालको दोस्रो ठूलो भाषा मैथिली कमजोर अवस्थामा छ,’ उनले भने, ‘मैथिली भाषा समाप्त भए संसारको प्राचीन मिथिला संस्कार र संस्कृतिसमेत लोप भएर जान्छ त्यसैले यसको संरक्षण आवश्यक छ ।’ सम्मेलनमा तीन दर्जनबढी व्यक्तिलाई मिथिला रत्नले सम्मान गरिएको छ । सम्मेलनमा नेपाल, भारत, अमेरिकालगायतका देशबाट २ सय बढी प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ ।

Featured