देश

गुण्डागर्दीमा संलग्न धिताल र राई पक्राउ

काठमाडौं, पुस ६–आपराधिक गतिविधिमा संलग्न दुर्गा राई र विष्णु धिताल पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाले राईलाई कोटेश्वर र धिताललाई पेप्सिकोलाबाट पक्राउ गरेको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए ।

व्यवसायीलाई धाक धम्की दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको थापाको भनाइ छ । धिताल जग्गाको कारोबारीसमेत हुन् । उनीहरू यसअघि गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ र रमेश पौडेल ‘बाहुन’ समूहका सदस्यसमेत रहेको प्रहरीको भनाइ छ ।

Featured