देश

धनगढीमा घरको छतबाट खसेर एक जनाको मृत्यु

धनगढी, पुस ६–धनगढीमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । हिजो साँझ– ७ बजे छतबाट खसेका कैलारी गाउँपालिका १ का २२ वर्षीय बालकृष्ण कठरियाको उपचारका क्रममा भारतमा मृत्यु भएको प्रहरीले बताएको हो । कठरिया हिजो शनिबार धनगढी उपमहानगरपालिका– २ का पुरुषोत्तम जोशीको घरको छत ढलान गर्ने क्रममा खसेर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार छतबाट खसेर गम्भीर घाइते भएका कठरियालाई धनगढीमा उपचार सम्भव नभएपछि भारत लगिएको थियो । कठरियाको भारतको बरेलीमा रहेको राममुक्ति मेडिकल कलेजमा आइतबार बिहान मृत्यु भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

Featured