देश

सर्वोच्चले भन्योः निजगढ विमानस्थल बनाउन रुख नकाट्नू

काठमाडौं, पुस ६–सर्वोच्च अदालतले राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल बनाउन रुख काट्ने कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले विमानस्थल निर्माणका क्रममा रुख काट्ने काम तत्काल अगाडि नबढाउन आइतबार अन्तरिम आदेश दिएको हो ।

विमानस्थल निर्माणका क्रममा आवश्यकताभन्दा बढी रुख काट्न लागिएको र त्यसले वातावरणीय असर गर्ने भन्दै रञ्जु पाँडे क्षत्रीलगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै अदालतले तत्काल रुख काट्ने कार्य रोक्न भनेको हो । सर्वोच्चको यो आदेशसँगै विमानस्थल निर्माणको काम प्रभावित हुने भएको छ ।

Featured