देश

अनिवार्य भ्याटले ढुवानी ठप्प

रुपन्देही, पुस ४–सकारले ढुवानी व्यवसाय गर्ने साधनहरू (ट्रक, कन्टेनर, टिपर) लगायतमा मूल्य बृद्धि कर अनिवार्य गरेपपिन देशैभर ढुवानी ठप्प छ । पुस १ गतेदेखि नै अनिवार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने कानुनी व्यवस्थाका विरोधमा मंगलबारदेखि ढुवानी ठप्प पारिएको छ । संघीय सरकारले जेठ १५ मा ल्याएको बजेट र आर्थिक ऐनअनुसार ढुवानी व्यवसायलाई भ्याटमा दर्ता हुन पुससम्मको समय दिइएको थियो । भ्याटमा दर्ता नभएका ट्रकहरुले ट्राँन्सपोर्टबाट लोडिङ अर्डर पाएका छैनन् ।

आफ्नो कुनै पनि उद्योगबाट ट्रकहरुले सिमेन्ट लोड गर्न नआएको नेपाल अम्बुजा सिमेन्ट उद्योग रुपन्देहीका महाप्रवन्धक राजकुमार गुप्ताले बताए । अधिकांश ढुवानीका साधनहरु भयाटमा आवद्ध नभएका कारण ढुवानी मंगलबारदेखि नै ठप्प जस्तै भएको हो । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured