देश शिक्षा

डीएभी स्कुलले मनायो २७औं वार्षिकोत्सव

काठमाडौं, पुस ३–ललितपुरको जाउलाखेलस्थित डीएभी सुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयले आफ्नो २७औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले नेपालस्थित भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन, डा. अजय कुमारको प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरेको थियो ।

विद्यालयले आफ्नै बुद्ध प्रेक्षालयमा आयोजना गरेको विशेष समारोहमा नेपालका शिक्षाक्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । विद्यालयले वार्षिकोत्सवका अवसरमा कक्षा नर्सरीदेखि १२ सम्मका विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई वार्षिक पुरस्कार वितरणसमेत गर्यो । सो अवसरमा सांस्कृतिक कार्यक्रमका वर्षभरिकै छानिएका र तिखारिएका सर्वोत्कृष्ट विद्यार्थीहरूको प्रदर्शन पनि प्रस्तुत गरिएको थियो ।

Featured