देश

१ लाख नगदसहित नौ जुवाडे पक्राउ

काठमाडौं, पुस ३–नेपाल प्रहरीले १ लाख ७ हजार ५ सय १० रूपैयाँ र ताससहित नौ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–९, स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति पक्राउ गरेको हो । पक्राउ परेका जुवाडेका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Featured