देश

डा. भक्तमान श्रेष्ठ अपहरणका दोषी योञ्जन पक्राउपछि जेल चलान

काठमाडौं, पुस ३–बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न गौतम योञ्जन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले योञ्जनलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेर केन्द्रीय कारागार चलान गरेको हो ।

उच्च अदालत, पाटनको हेटौंडा इजलासले श्रेष्ठ अपहरणमा योञ्जनलाई दोषी ठहर गर्दै ९ वर्ष कैद र ५० हजार जरिमानाको फैसला सुनाएको थियो । उच्च अदालतको निर्णयले दोषी ठहर गरेका उनी प्रहरीको फरार सूचीमा थिए । वि.सं. २०६७ मा डा. श्रेष्ठ अपहरणमा परेका थिए । डा. श्रेष्ठ अपहरणका मुख्य आरोपी भीमसेन पण्डित भने अझै फरार छन् । डा. श्रेष्ठ अपहरणको १९ दिनपछि भारतको उत्तर प्रदेशस्थित कानपुरबाट अपहरणकारीलाई ३ किलोभन्दा बढी सुन फिरौती बुझाएपछि अपहरणमुक्त भएका थिए ।

Featured