देश राजनीति

लालबाबु पण्डित निरन्तर जनताको सेवामा

विराटनगर, पुस ३-पदमा बहाल रहँदा जिल्लाका कार्यक्रम र आयोजनाको प्रगतिमा विशेष चासो दिइरहने निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको दिनचर्या अहिले थोरै मात्र फरक लाग्छ पहिला उनी मन्त्रीको हैसियतमा जिल्ला गइरहन्थे, अहिले सांसदका हिसाबले । आफ्नो गृह जिल्ला, त्यसमा पनि निर्वाचन क्षेत्रको कार्यक्रम र विकास निर्माणका आयोजनामा उनको उपस्थिति र चासो अहिले पनि उस्तै छ ।

मन्त्री पद एकाएक खोसिँदा पनि उनले पार्टीप्रति सार्वजनिक रुपमा कुनै नकारात्मक टिप्पणी गरेनन् न त हतास नै देखिए । सामान्य दैनिकीमा तत्कालै ‘एड्जस्ट’ भएका पूर्वमन्त्री पण्डितको बारेमा बरु प्रमुख प्रतिपक्षी दल कांग्रेसका कार्यकर्ता र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता र सर्वसाधारण जनाले सहानुभूति देखाए । प्रधानमन्त्रीबाट गलत निर्णय भएको भनेर सामाजिक सञ्जालमा आपत्ति जनाउने धेरै थिए ।

पूर्वमन्त्री पण्डित यतिबेला अझ जनताका काममा उस्तै व्यस्त छन् । उनको लोकप्रियता झन् चुलिएको छ । केही दिन अघि मात्र गृह जिल्ला आएर काठमाडौं फर्किएका उनले विभिन्न भौतिक संरचनाको शिलान्यासदेखी कार्यकर्ता भेटघाट र जनताको पिरमर्कामा साथ दिए । उनले गृह जिल्ला अन्तर्गत आफ्नो निर्वाचन क्षेत्रका आधा दर्जनभन्दा बढी कार्यक्रम भ्याएका छन् ।उनले निर्वाचन क्षेत्रमा पुगेर जनतासँग विकास निर्माण र पिरमर्काका विषयमा छलफल गरि समाधानका लागि काम गर्ने भनेर पुन काठमाडौं फर्किए । इमान्दार , भ्रष्टाचार विरोधी, राष्ट्रवादी र जनताको सेवामा निरन्तर तल्लिन रहने पण्डित त्यसैपनि सवैभन्दा बढी गृह जिल्ला आउने भिआइपिमा पर्दछन् ।

उनले गत मंसिर २८ गते पूवाञ्चल विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागिता जनाएका छन् । त्यसैगरी बुढीगंगा गाउँपालिका–४ मा निर्माणहुने मुस्लिम सामुदायीक भवन शिलान्यास, मंसिर २९ गते गछीया नदी नियन्त्रणका लागि उनकै पहलमा निर्माण भइ्रहेको तटबन्ध निरिक्षण तथा अनुगमन गरेका छन् ।

त्यसैगरी शुन्दरहरैँचा नगरपालिका–३ मा निर्माण हुने पुस्तकालयको शिलान्यास, वेलवारी नगरपालिकामा प्रदर्शन गरिएको ‘घरको कथा’ नामक बृत्तचित्र प्रदर्शनीमा सहभागिता, विराटनगर हरियाली विकास टोल सामुदायीक भवन शिलान्यास, सुनसरीको हतुवागढीमा पर्यटन प्रवद्र्धनमा सहभागिता, मंसिर ३० गते विराटनगर–४ स्थित जनता मा.वि.को भवन शिलान्यास, शुन्दरहरैँचा स्थित साजिलाल मा.विको ५४ वार्षिक साधारणसभा तथा अभिभावक भेलामा प्रमुख अतिथिको रुपमा सहभागिता, शुन्दरहरैँचा–५ स्थित श्रीलाल आधारभुत विद्यालयको भवन शिलान्यास गरेका छन् ।

त्यस्तै पण्डितले बुढीगंगा गाउँपालिका–३ स्थित राजवंशी खवास सामुदायीक भवन, विराटनगर–१२ स्थित बखरी आधारभुत विद्यालय, र जनपथ मा.विको सभाहल तथा भवन शिलान्याससमेत गरेको नेकपाका प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।

उनले विराटनगर स्थित विराट नर्सिङ होममा उपचाररत मनमायाा राईलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारीसमेत लिएका छन् ।राई तत्कालिन नेकपा माले का सेल्टर (आश्रय )दाता तथा प्रथम नेकपा माले मोरङ जिल्ला अधिवेशन भएको स्थान साविक टाँडी गाविस हाल मिक्लान्जुङ्ग गाउपालिकाकी राइलाई भटेर स्वास्थलाभको कामाना गर्नुका साथै स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुसँग जानकारी लिए । राईको उपचारमा कुनै कसर बाँकि नराद्यन समेत ण्डितले चिकित्सकहरुलाई निर्देशन दिए । बेलबारीमा प्रदर्शन गरिएको ‘घरको कथा’ नामक बृत्तचित्र राईकै परिवार र जिवनमा आधारीत छ ।

पण्डित मन्त्री पदमा रहँदासबैभन्दा बढी गृह जिल्ला र निर्वाचन क्षेत्र आउने गरेका थिए भने त्यो क्रमलाई हाल सम्म निरन्तरता दिएका छन् । पद खोसिएपछि अझ सक्रियता बढाएको प्रदेश कमिटी सदस्य चौधरीले बताए । मंसिर २७ गते गृह जिल्ला आएका पण्डित पुस १ गते बिहान काठमाडौं फर्किएका छन् ।

Featured