देश

तराई–मधेश द्रुतमार्ग सडक आयोजनामा कर्मचारी माग

काठमाडौं, पुस ३–काठमाडौं–तराई÷मधेश दु्रतमार्ग सडक आयोजनाले विभिन्न पदमा कर्मचारी माग गरेको बुधबार सूचना जारी गर्दै आयोजनाले ३ देखि ५ वर्ष अवधिका लागि करारमा कर्मचारी माग गरेको हो ।

शैक्षिक योग्यतासहित उमेर पुगेका नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन दिन अनुरोध गरिएको छ । आयोजनामा प्लानिङ र सेड्युलिङ विज्ञ, सिभिल इन्जिनियर, कम्युटर अपरेटर, ल्याब टेक्निसियन, हेभी इन्जिनियरिङ इक्युपमेन्ट मेकानिक्स, जनलरल मेकानिक्स (हेभी इक्युपमेन्ट वेल्डर) लगायतका पदमा आवेदन खुलेको हो ।

Featured