देश

डायलाइसिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं, पुुस ३–प्रधानमन्त्री केपी ओली नियमित डायलाइसिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर सेन्टरमा भर्ना भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीलाई नियमित डायलाइसिसका लागि अस्पताल लगिएको हो । उनलाई आजै अस्पतालबाट फिर्ता ल्याइनेछ ।

मिर्गौलाले आवश्यक मात्रामा काम नगरेपछि उनको अस्पतालमा नियमित डायलाइसिस भइरहेको छ । यसअघि उनलाई एपेन्डिसाइट भएको थियो । ओलीको गत १३ कात्तिकबाट नियमित डायलाइसिस गरिँदै आएको छ ।

Featured