देश

निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा सुरेशराज सुवेदीसहित प्यानलै निर्वाचीत

विराटनगर, पुस ३–निर्माण व्यवसायी मोरङको अध्यक्षमा सुरेशराज सुवेदी निर्वाचीत भएका छन् । विाटनगरमा बुधबार सम्पन्न संघको २५ औँ साधारणसभाबाट दमन विक्रम थापालाई ३९ मत अन्तरले पराजीत गर्दै अध्यक्षमा सुवेदी निर्वाचीत भएका हुन् ।

सुवेदीले १ सय ६४ मत प्राप्त गर्दा अर्का प्यानलबाट खडा भएका दमन विक्रम थापाले १ सय २४ मत मात्र प्राप्त गरे । त्यसैगरी प्रथम उपाध्यक्षमा महेशकुमार मिश्र, द्धितिय उपाध्यक्षमा रमेश कोइराला, महासचिवमा धु्रबराज कार्की, सचिवमा उत्तमराज जोशी, कोषध्यक्षमा दाताराम पौडेल र सह–कोषध्यक्षमा संजयकुमार यादव निर्बाचीत भका छन् ।

त्यस्तसरी सदस्यमा किशोर भट्टराई, बद्री उप्रेती, राजकुमार कार्की, नवीन प्रसाद दाहाल, हरेराम कामत, निर्मल भट्टराई, र ख्यामराज निरौला निर्वाचीत भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

नवनिर्वाचीत संघका पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथग्रहणसमेत गरेका छन् । साधारणसभामा जिल्लाभरीबाट ३ सय २५ जनाको सहभागीता रहेको थियो । संघको निर्वाचनमा सुवेदी र थापले छुट्टा छुट्नै प्यानलै बनाएर निर्वाचनमा उठेका थिए ।

Featured