देश

तालिका बनाएर काम गर्न मुख्यमन्त्रीको निर्देशन

सुर्खेत, पुस ३–कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयसीमामा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । प्रदेश सरकारमातहतका जिल्लास्थित कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कालिकोटमा निर्देशन दिँदै उनले कार्यक्रमको प्रभावकारी कार्यान्वयनले मात्र आर्थिक समृद्धि हासिल हुने र जनताको जीवनस्तर माथि उठ्ने बताए ।

सो अवसरमा उनले ‘छोरी सुरक्षा’ कार्यक्रमको शुभारम्भ र विभिन्न विकास योजनाको अनुगमनसमेत गरेका थिए । ‘विकास योजना, कार्यक्रम र बजेट कार्यान्वयनको बलियो अंग भनेकै स्थायी संयन्त्र कर्मचारी हो,’ मुख्य मन्त्री शाहीले भने, ‘सरकारले ल्याएको नीति, बजेट तथा कार्यक्रम कार्यसूची बनाएर तालिकाअनुसार काममा निर्वाध लाग्नुहोस् ।’

कर्णालीको भौगोलिकता विकटता, जनशक्ति अभाव बजेट कार्यान्वयनको प्रमुख चुनौती भएको भन्दै जनशक्ति त्यसको व्यवस्थापनमा प्रदेश सरकार लागिपरेको उनले जानकारी दिए । मुख्य मन्त्री शाहीले कालिकोटका स्थानीय तहका प्रमुख उपप्रमुखरअध्यक्ष उपाध्यक्षलाई राखेर संघीयता र जनताको मर्मअनुसार विकास योजनाको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित हुन सुझाव दिए । संविधान, संघीयताको मर्म र जनअपेक्षाअनुसार विकास हुन नसकेको भन्दै उनले सबै तहका सरकारले जनतालाई अनुभूति हुने गरी काम गर्न आग्रह गरे ।

Featured